अपर कर्णाली जलविद्युत्को कार्यालयमा बम विस्फोट

Share News
दैलेख (अस) । अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा शनिवार बिहान बम विस्फोट भएको छ । अछामको तुर्माखाद गाउँपालिका–३, भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले बताएको छ । स्थानीय दीपक बिसीसँग भाडामा लिएर उक्त आयोजनाले कार्यालय सञ्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो । विस्फोटबाट ढुंगामाटोले बनेको घर र नजीकैको शौचालय समेत भत्किएको छ । एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए । घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।