१ करोड जरीवाना असुली

Share News
राजविराज (अस) । सप्तरीमा विद्युत् चुहावट नियन्त्रण अभियान टोलीले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विद्युत् चोरी जरीवानाबाट १ करोड रुपैयाँ असुली गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहले पोलमा सीधै हुकिङ गरिरहेको अवस्थामा पक्राउ परेका मानिस, बरामद विद्युतीय सामग्री र विद्युत् मिटरमा चोरी गरेकोबाट जरीवाना रकम असुली गरेको बताए । सो अवधिमा विद्युत् चोरी अभियोगमा ५१६ जना पक्राउ परेको उनले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।