डोल्पा अस्पतालमा रोग पत्ता लगाउने किटको अभाव, अनुमानका भरमा बिरामी जाँच्दै चिकित्सक

Share News

सुकमाया थापा

असार ८, डोल्पा । दुई हप्तादेखि टाइफाईड र ज्वरोका बिरामीको संख्या बढेपनि डोल्पा अस्पतालमा आवश्यक पर्ने किट नहुँदा समस्या भएको छ । टाइफाईड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुईडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । ५ दिनदेखि यो किट अभाव हुँदा अस्पतालमा आएका बिरामीहरुको उपचारमा चुनौति थपिएको डाक्टर सिजन रावलले बताए । मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढे पनि टाईफाईड पत्ता लगाउने किट (औषधी) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डाक्टर रावलले बताए ।

आपूर्तिमा भएको ढिलाईले सरकारी अस्पतालमा औषधी अभाव हुँदा धेरै बिरामी निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् । अस्पताल प्रशासनले औषधी अभावको विषयमा प्रदेश सरकारलाई जानकारी गराएपनि उचित व्यवस्था नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेशको मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा आपूर्ति गर्ने जिम्मा प्रदेश सरकारको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।