सर्लाही (अस) । सर्लाहीको बागमती नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ४६ करोड ९५ लाखको बजेट सार्वजनिक गरेको छ । मंगलवार नगरसभा आयोजना गरेर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो, जसमध्ये चालूतर्फ ३४ करोड ८० लाख र पूँजीगत बजेट १ अर्ब १२ करोड १५ लाख रहेको छ ।
नगरपालिकाले नगर सभामार्फत ‘बागमती नगरको अभियान, समुन्नत शहरको निर्माण’ मूल नारासहित बजेट ल्याएको हो । योजना तथा कार्यक्रममार्फत सबै पूर्वाधारयुक्त शहरको लक्ष्य लिइएको उल्लेख छ । बजेटमार्फत नगरको पूर्वाधार विकासमा २५ करोड, स्वास्थ्यमा सशर्त अनुदानको १ करोड ८० लाख र अन्य स्रोतको १ करोड विनियोजन गरिएको छ । शिक्षातर्फ सशर्त अनुदानको ८ करोड ३१ लाख ९७ हजार र अन्य स्रोतको २ करोड छुट्ट्याइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।