बागलुङ (अस) । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि २५ करोड ३५ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको पाँचौं गाउँसभामा मंगलवार प्रस्तुत गरिएको बजेटमा चालूतर्फ १३ करोड ७० लाख र पूँजीगततर्फ ८ करोड ७२ लाख ३१ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनका लागि ४ करोड ८५ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले कृषि उत्पादन आधुनिकीकरण, पशुपालन, उद्योग क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन र रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।