बागलुङ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब १ करोड ५७ लाखको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बुधवार प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासतर्फ १२ करोड ७६ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १५ करोड, संघीय सरकारबाट प्राप्त शिक्षा र स्वास्थ्यतर्फका सशर्त कार्यक्रमका लागि ३६ करोड २४ लाख, सामाजिक सुरक्षा वृत्ति कार्यक्रमका लागि १८ करोड, समग्र वडास्तरीय आयोजनाका लागि ७ करोड ९३ लाख, सामाजिक विकासतर्फ ५ करोड २४ लाख र नगरपालिकाको निर्माणाधीन आधुनिक बसपार्कका लागि ५ करोड १५ लाख विनियोजन गरिएको छ ।
यस्तै नगरपालिकाले कृषि क्याम्पस सञ्चालनका लागि ९० लाख, नगरको शिक्षा विकास तथा गुणस्तरीय शिक्षा कार्यक्रममा २ करोड ५० लाख, जनस्वास्थ्य कार्यक्रमका लागि ५८ लाख, नगर खानेपानी आयोजनाका लागि १ करोड ६५ लाख र आर्थिक विकासतर्फ १ करोड ६० लाख छुट्ट्याएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।