असार १२, काठमाडौं (अस) । साताको अन्तिम कारोवार दिन बिहीबार नेप्से १ दशमलव १४ अंक घटेर १ हजार २५७ दशमलव १५ विन्दुमा बन्द भएको छ । १ हजार २५९ दशमलव १७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको शुरुमा केही झिनो अंकले उकालो लागेको थियो । सो पश्चात घटबढ हुँदै कारोबार भएको पहिलोे घण्टाको अवधिपछि बढेर यस दिन कै उच्च विन्दु १ हजार २६० दशमलव ४३ विन्दुसम्म पुगेको थियो । दोस्रो घण्टाको अवधिमा ओरालो लागेको नेप्से परिसूचक उतारचढावकै क्रममा १ हजार २५७ दशमलव १५ विन्दुमा बन्द भएको छ ।
यस दिन कारोबारमा आएका ११ समूहको परिसूचकमा ४ समूहको परिसूचक बढेपनि बाँकी ७ ओटा समूहको परिसूचक घट्दा समग्र नेप्से परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घटेको हो । आइतवारदेखि बिहीवारसम्मको कारोबारमा नेप्से दुई दिन बढेको छ भने तीन दिन घटेको छ ।
बिहीवारको कारोबार बिहीवार रू. ६२ करोड ७९ लाख रकम बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १० दशमलव १४ प्रतिशतले वृद्धि भएको हो । यस हप्ताको कारोबार दिनहरुमध्ये बिहीवारको कारोबार रकम सबैभन्दा उच्च रहेको छ । सेन्सेटिभ इन्डेक्स भने यस दिन शून्य दशमलव ३५ अंक बढेर २७१ दशमलव १६ विन्दुमा बन्द भएको छ ।
मल्टीपपर्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि
बिहीवार ८६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव १५ प्रतिशत बढेर प्रतिकित्ता रू. ११९ पुगेको छ । कम्पनीले हकप्रद जारी गर्ने भएपछि लगानीकर्ताहरुले शेयरको माग बढी गरेका हुन् । जसले गर्दा शेयर मूल्यमा प्रतिकित्ता रू. १० ले बढ्न पुगेको हो । मल्टीपपर्स फिनान्स कम्पनी लिमिटेडको ८६५ प्रतिशत हकप्रदको लागि नेप्सेले हालैमा रू. १०९ दशमलव शून्य २ मा मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको आधार मूल्यको लागि रू. ११३ दशमलव ५१ तोकेको छ । यस्तै, हालै नेप्सेमा आईपीओ शेयर सूचिकृत भएको नेपाल एग्रो लघुवित्तको शेयरमूल्य ७ दशमलव ९७ प्रतिशत बढेको छ ।
यस दिनको कारोबारमा आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य ४ दशमलव ७५ प्रतिशत र पाँचथर पावर कम्पनीको शेयरमूल्य ४ दशमलव ७२ प्रतिशत घटेको छ ।
११ समूहको परिसूचक, कुनको बढ्यो कुनको घट्यो ?
हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार बिहीवार एक दिनभरिको कारोबारमा हिमालयन डिस्टीलरी लिमिटेडको सबैभन्दा बढी रू. १४ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको यस दिन अन्तिम शेयरमूल्य रू. १ हजार ७२३ रहेको छ । कारोबाररकमकै आधारमा दोस्रो स्थानमा नेपाल बैंकको रू. ५ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. ३३५ रहेको छ । कारोबार भएका १७२ कम्पनीमा ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ३२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।