२.८६ अंक घट्यो नेप्से, लगातार घटेको बजारमा कारोबार रकम पनि घट्यो

Share News

असार १६, काठमाडौं(अस) । सोमवार नेप्से परिसूचक २ दशमलव ८६ अंक घटेर १ हजार २४२ दशमलव शून्य ३ विन्दुमा बन्द भएको छ । १ हजार २४५ दशमलव ५८ विन्दुबाट शुरु भएको परिसूचक कारोवार शुरु भएको आधा घण्टाको अवधिसम्म घटेर १ हजार २३७ दशमलव ४३ विन्दुसम्म पुगेको थियो ।

सो विन्दुमा टेवा पाएर पुनः बढेको बजारमा कारोवारको दोस्रो घण्टाको अवधिमा झिनो अंक बढेर परिसूचक १ हजार २४३ दशमलव ५४ विन्दुसम्म पुगेको थियो । अन्त्यमा नेप्से परिसूचक शून्य दशमलव २३ प्रतिशत घटेर बन्द भएको छ ।

यस दिन बजार घटेर बन्द भएसँगै कारोवार रकम पनि कम भएको छ । घट्दो बजारमा बिक्रेताको चाप उच्च देखिएको छ । सोमवार कारोबार अवधिभर ११ समूहको परिसूचकमा विकास बैंक समूह, जलविद्युत समूह, उत्पादन तथा प्रशोधन समूह र जीवन बीमा समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक भने घटेको छ ।

सोमवारको कारोवार

यस दिन रू. ३७ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा रू. २७ करोड ३ लाख कम हो । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७२ अंक घटेर २६८ दशमलव ५२ विन्दुमा बन्द भएको छ ।

कारोवार भएका १६९ कम्पनीमा ४९ कम्पनीको शेयरमूल्य बढेको छ भने ९६ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, २४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?

सोमवारको कारोबारमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ४ दशमलव ८७ प्रतिशत बढेर रू. ५३८ पुगेको छ । यस्तै अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ८१ प्रतिशत बढेर प्रतिकित्ता रू.१०९ पुगेको छ ।

मिथिला लघुवित्तको शेयरमूल्य ४ दशमलव ९८ प्रतिशत घटेर अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ४०० मा सिमित भएको छ । कम्पनीको शेयरमूल्य रू. २१ ले घटेको हो ।

११ समूहको परिसूचक, कुनको बढ्यो कुनको घट्यो ?

नेपाल बैंकको सर्वाधिक कारोबार

सोमवार एक दिनभरिको कारोबारमा नेपाल बैंक लिमिटेडको सर्वाधिक अर्थात् रू. २ करोड ६२ लाख बराबरको शेयर खरीद विक्री भएको छ । कम्पनीको यस दिन अन्तिम शेयरमूल्य रू. ३३३ रह्यो । सो कम्पनीको ७९ हजार ११५ कित्ता शेयर खरीद विक्री भएको थियो ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा प्रभु बैंकको रू. १ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. २६५ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।