परिसूचक १.१२ अंकले घट्यो, कारोबार रकम भने ५७ करोडभन्दा बढी, कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

Share News

असार २५, काठमाडौं (अस) । बुधवार नेप्से परिसूचक १ दशमलव १२ अंक घटेर १ हजार २४९ दशमलव १५ विन्दुमा बन्द भएको छ । यस दिन १ हजार २५० दशमलव ४४ विन्दुबाट शुरु भएको बजार कारोबारको शुरुको अवधिमा बढेर यस दिनकै उच्च विन्दु १ हजार २५१ दशमलव ९० विन्दुसम्म पुगेको थियो । पहिलो घण्टाको अवधिमा बजार घटेर १ हजार २४६ दशमलव १६ विन्दुमा झरेको थियो । सो विन्दु पश्चात कारोबारको दोस्रो घण्टाको अवधिमा बढेको बजार अन्तमा घटेर बन्द भएको छ । असार मसान्तको अन्त्य तिर लाग्दै गर्दा र मौद्रिक नीतिलाई पर्खेर बसेका लगानीकर्ताहरु बजार बढेर घटिरहँदा अझै कम मूल्यमा शेयर खरीद गर्नको लागि कुरिरहेको हुन सक्ने एक लगानीकर्ताले बताएका छन् । बैंकहरु मर्जरमा जाने तयारी रहेको चर्चाले पनि यस महीनाको बजारलाई प्रभाव पारेको छ ।

यसदिन कारोबार भएका ११ समूहको परिसूचकमध्ये बैंकिङ समूह, लघुवित्त समूह र जीवन बिमा समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । सो समूहहरुको परिसूचक घट्दा समग्र नेप्से परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । ११ समूहको परिसूचकमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको परिसूचक यसदिन शून्य दशमलव १६ प्रतिशत बढेको छ । यस्तै म्युचुअल फन्ड समूहको परिसूचक १ दशमलव १५ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव शून्य १ प्रतिशत घटेको छ ।

बुधवारको कारोबार बुधवार १६८ कम्पनीहरुको ५ हजार २ सय ७२ पटकको खरीद विक्रीमा रू. ५७ करोड ३४ लाख बराबरको २९ लाख ९८ हजार ९४७ कित्ता शेयरको कारोबार भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा रू. १० करोड ५१ लाख बढी हो । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७३ अंक घटेर २६९ दशमलव ३३ विन्दुमा बन्द भएको छ ।

दुई कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक बुधवार इन्फीनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । इन्फीनिटी लघुवित्तको शेयरमूल्य ९ दशमलव ८१ प्रतिशत बढेर सर्किट लागेको हो । कम्पनीको प्रति कित्ता शेयरमा रू. ३७ ले वृद्धि भई रू. ४१४ मा बन्द भएको छ । दोस्रोमा, समीट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ४९ प्रतिशत बढेर प्रतिकित्ता रू. ५१२ पुगेको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२ ले बढेको हो । यस्तै हकप्रद शेयर जारी गरेको मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको शेयरमूल्य ४ दशमलव ४४ प्रतिशत बढेर प्रतिकित्ता रू. १४१ पुगेको छ । सिभिल लघुवित्तको शेयरमूल्य ९ दशमलव ६७ प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्यमा रू. ९३ ले घटेर रू. ४९५ मा सीमित भएको छ । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ दशमलव शून्य ९ प्रतिशत घटेर रू. १८५ कायम भएको छ ।

११ समूहको परिसूचक

सिभिल बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार यसदिन सिभिल बैंक लिमिटेडको संस्थापक शेयरको सर्वाधिक बढी कारोबार भएको छ । कम्पनीको रू. १७ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ । रकमकै आधारमा दोस्रो स्थानमा नागरिक लगानी कोषको रू. ४ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य रू. २ हजार ४३९ पुगेको छ । कारोबार भएका १६८ कम्पनीमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको घटेको छ । साथै, ३० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।