तथ्यांकोवाच : तरकारी आयातले दर्शाएका सम्भावना

Share News
काठमाडौं (अस) । नेपालमा तरकारी आयात वर्सेनि ३३ प्रतिशतले बढिरहेको छ । चालू आर्थिक वर्ष २०७५/७७ को पहिलो एघार महीनामा नै तरकारीको आयात रू. १४ अर्बको हाराहारीमा पुगेको छ । परिमाणका आधारमा हेर्दा यस अवधिमा अदुवा मात्रै करीव ८ लाख मेट्रिक टन आयात भएको छ । एकातिर मुलुकमा जमीन बाँझो राख्ने प्रवृत्ति बढेको छ भने रेमिट्यान्सको चुलबुले समृद्धिका कारण पनि तरकारीको माग बढेर विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । आयातलाई प्रतिस्थापन गर्नेगरी नीति तथा कार्यक्रम तर्जुमा भई कार्यान्वयन हुने हो भने मुलुक तरकारीमा आत्मनिर्भर बन्ने निश्चित छ । यसका लागि सरकारले तरकारी खेतीमा प्रोत्साहनका लागि करमुक्ति प्रदान गर्नुका साथै निजीक्षेत्रले पनि व्यावसायिक रूपमा आलु, प्याज र लसुन खेतीमा लगानी गर्नु पनि त्यतिकै जरुरी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।