बाढीपहिरो अपडेट : ६० जनाको मृत्यु

Share News
असार २९, काठमाडौं (अस)। नेपाल प्रहरीले बाढीपहिरोका कारण मुलुकभर हालसम्म ६० जनाको मृत्यु भएको बताएको छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार २४ महिला र ३६ जना पुरुषको मृत्यु भएको हो । विभिन्न स्थानमा २६ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते भएका छन् । १ हजार ४४४ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ । सेना, प्रहरी परिचालन गरेर विभिन्न स्थानमा उद्दार कार्य जारी राखेको सह प्रवक्ता रमेश थापाले बताए । नेपाल प्रहरीले असार २९, १६ः३० बजे ट्विटरमा अपडेट गरेको क्षतिको विवरण :    

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।