महानगरले घटायो स्मार्ट पार्किङको भाडा

Share News

काठमाडौं (अस) । सेवाग्राहीले भाडा महँगो भएको गुनासो गरेपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा सञ्चालित स्मार्ट पार्किङको भाडा घटाएको छ । महानगरले आइतवार आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरी पार्किङ भाडा घटाएको हो । महानगरपले प्रतिघण्टा दुई पाङ्ग्रे सवारीको भाडा रू. २५ बाट घटाएर १५ र चारपांग्रेको प्रतिघण्टाको भाडा रू. ८० बाट घटाएर ५० रुपैयाँ बनाएको छ । नयाँ भाडादर साउन १ गतेदेखि लागू हुने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।