असार ३०, काठमाडौं (अस) । आइतवार सामान्य अंकले वृद्धि भएको शेयर बजार सोमवार ५ दशमलव शून्य ८ अंक बढेर १ हजार २५४ दशमलव ५६ विन्दुमा बन्द भएको छ । १ हजार २५० दशमलव १० विन्दुबाट शुरु भएको परिसूचक १ घण्टा १५ मिनेटसम्म उतारचढावमा रहेको थियो । १ हजार २५० दशमलव ७३ विन्दुदेखि उकालो लागेको बजार अन्त्यसम्म बढेर बन्द भएको छ ।
मर्जर प्रक्रिया चलिरहँदा अहिले बजारमा कम मूल्य पर्ने कम्पनीहरुको शेयर माग धेरै देखिएको छ । साउन लागेसँगै चौंथौ त्रैमासको विवरण आउने भएकाले पनि लगानीकर्ताहरु शेयर खरीद गर्नतर्फ लागेको हुन् । साउनदेखि पूँजीगत लाभकर ७ दशमलव ५ प्रतिशतबाट घटेर ५ प्रतिशत लागू हुने भएकाले पनि लगानीकर्ताहरु शेयर विक्रीभन्दा खरीद गर्न आएका हुन् ।
सोमवार कारोबार भएका ११ समूहको परिसूचक सकारात्मक हुँदा समग्र नेप्से परिसूचक शून्य दशमलव ४१ प्रतिशत बढ्न पुगेको हो । होटल, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको परिसूचक १ प्रतिशतभन्दा बढीले बढ्न पुगेको छ । ११ ओटै समूहमा कारोबार हुने कम्पनीको शेयरमा लगानीकर्ताहरुको माग बढेपछी बजार बढ्न पुगेको हो ।
सोमवारको कारोबार यस दिन रू. ४३ करोड ५ लाख रकम बराबरको शेयर कारोबार भएको छ । यस दिनका कारोबार रकम अघिल्लो दिनको तुलनामा ५० दशमलव ९५ प्रतिशत बढेको हो । आइतवार रू. २८ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने यस दिन १ दशमलव ७१ अंक बढेर २७० दशमलव २८ विन्दुमा बन्द भएको छ । कारोबार भएका १७० कम्पनीमा ९७ कम्पनीको शेयरमूल्य बढेको छभने ३८ कम्पनीको घटेको छ । साथै, ३५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
स्वदेशी लघुवित्तको शेयरमूल्य बढ्दा नविल बैंकको घट्यो सोमवार स्वदेशी लघुवित्त लिमिटेडको शेयरमूल्य ५ प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले बढेर रू. ५६७ पुगेको छ । दोस्रोमा एनआईसी एशिया ग्रोथ फण्डको शेयरमूल्य ४ दशमलव ८१ प्रतिशत बढेर प्रतिइकाई रू. ९ दशलमव ८० पुगेको छ । त्यसैगरी, नविल बैंकको शेयरमूल्य ३ दशलमव १५ प्रतिशत घटेर रू. ७९९ पुगेको छ । बैंकको शेयरमूल्य प्रतिकत्ता रू. २६ ले घटेको हो ।
नेपाल बैंकको सर्वाधिक कारोबार सर्वाधिक कारोबार हुने १० कम्पनीमा नेपाल बैंकको सबैभन्दा बढी रू. ५ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३३७ पुगेको छ । दोस्रोमा शिवम् सिमेण्टको शेयर रू. ३ करोड ५९ लाख बराबरको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. ६०७ रहेको छ । सर्वाधिक कारोबार हुनेमा चार वाणिज्य बैंक परेका छन् ।
११ समूहको परिसूचक

सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।