वीरगञ्ज । सरकारले तयारी उत्पादन र कच्चा पदार्थको भन्सार महशुलमा एक तहको अन्तर हुने बताए पनि यस्ता उत्पादनमा बराबर राजस्व लिएको भेटिएको छ । पेन्ट उद्योगले आयात गर्ने कच्चा पदार्थ इमल्सनमा भन्सारले ३० प्रतिशत महशुल असुल्ने गरेको छ ।
तयारी पेन्ट आयातमा समेत ३० प्रतिशत भन्सार लिइएको छ । यसअघि इमल्सनमा १० प्रतिशत भन्सार महशुल रहेकोमा आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत राजस्व बढाइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमा औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुको आयातमा एक तह भन्सार अन्तर राख्ने घोषणा गरेका थिए । तर, यही बजेटमार्फत इमल्सनमा महशुल बढेको नेपालमा पेन्ट उत्पादन गरिरहेको बहुराष्ट्रिय कम्पनी केएनपी प्रालिका सञ्चालक अशोककुमार वैदले बताए ।
सरकारको यो नीतिले स्वदेशी पेन्ट उद्योग धराशयी हुने दाबी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का उपाध्यक्षसमेत रहेका वैदले गरे । सरकारले स्वदेशी उद्योग प्रवद्र्धनको नारा लगाएर व्यवहारमा भने आयातलाई प्रोत्साहन गरेको आरोप उनले लगाए ।
नेपाल रंगरोगनका उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा सरकारको यो नीतिले स्वदेशी उद्योगलाई प्रतिकूल असर पर्ने उद्यमीले बताएका छन् । यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य संघले अर्थ र उद्योग मन्त्रालयलाई पत्राचार गरी अव्यावहारिक राजस्व नीति सच्याउन माग गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।