नेपाल इन्जिनीयरिङमा जब फेयर

Share News
काठमाडौं (अस) । नेपाल इन्जिनीयरिङ कलेज चाँगुनारायण भक्तपुरमा बुधवार एकदिने जब फेयर (रोजगार मेला) भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीलाई रोजगारीमा जापान पठाउन जानकारीमूलक रोजगार मेला गरिएको कलेजले बताएको छ । मेलामा कलेजका कार्यवाहक प्राचार्य दीपक धामीले कलेजमा स्नातक तहको पढाई पूरा गरी रोजगारीमा जापान जान लागेका विद्यार्थीलाई बधाइ ज्ञापन गरे । उनले उनीहरूलाई जापानमा अनुभव बटुली नेपाल फर्की त्यो अनुभवलाई नेपालमा प्रयोग गर्न आग्रह पनि गरे । जापानस्थित ⋲यूमन रिसोर्सिया कम्पनी लिमिटेडमार्फत नेपाली आईटी इन्जिनीयरले त्यहाँ रोजगारी पाउने कलेजले बताएको छ । कम्पनीका व्यवस्थापक हाजिमी असहराको नेतृत्वमा बुधवार नेपाल आएको ६ सदस्यीय (दुई जना नेपालीसहित) टोलीले इन्जिनीयरहरूसँग अन्तरवार्ता गरेको थियो । कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनीयरिङ उत्तीर्ण भएका र अन्तिम सेमेस्टर अध्ययन गरिरहेका २८ जना विद्यार्थीसँग कम्पनीले अन्तरवार्ता गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।