आरएमडीसीद्वारा आमाघरलाई सहयोग

Share News
काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत मंगलवार काठमाडौंको रविभवनस्थित श्री वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई नगद तथा खाद्य सामग्री सहयोग गरेको छ । संस्थाले रू. ५० हजारका साथ खाद्यान्न र खाना पकाउने ग्यास सहयोग गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा आरएमडीसीका नायब प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, वरिष्ठ प्रबन्धकद्वय पृथबहादुर थापा र अन्नपूर्ण श्रेष्ठ, प्रबन्धक ज्ञानुमाया भण्डारीका साथ आमाघरका सञ्चालक सदस्य तथा आमाघरका वृद्धाहरूको उपस्थिति थियो । कार्यक्रममा आमाघरकी अध्यक्ष श्रेष्ठले यस प्रकारको सहयोगले आमाघरलाई ठूलो मद्दत तथा हौसला मिलेको बताइन् । आरएमडीसी नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थालाई थोक कर्जाका साथै संस्थागत क्षमता विकासका लागि प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । त्यस्तै, आमाघर २०५६ सालमा दिलशोभा श्रेष्ठद्वारा स्थापित संस्था हो । जसले परिवार नभएका तथा परिवारबाट छुटेका वृद्धा आमा तथा अनाथ बालबालिकालाई आश्रय दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।