अध्ययनका लागि विदेश : आवश्यकता कि महत्त्वाकांक्षा ?

Share News

अभिभावकको खर्चले पढ्न नसक्ने विद्यार्थीले कामको खोजी गर्नुपर्ने हुन्छ । यस्तो बाध्यता विश्वका धेरै देशबाट गएका विद्यार्थीको हुन्छ । परिणामतः काम पाउन पनि गाह्रो, घरले धान्न पनि नसक्ने अवस्थामा मानसिक समस्याको शिकार हुने विद्यार्थीको संख्या पनि उत्तिकै छ ।

काठमाडौं । कक्षा १२ सम्मको पढाइ सकिएपछि स्नातक तहमा पढ्न बाहिर जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ । राम्रो पढाइ, विश्व बजारमा बिक्ने शिक्षा, रोजगारी पाउन सजिलो भन्ने जस्ता आधारमा विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने गरेको पाइन्छ । आफ्ना छोराछोरी पढ्न बाहिर गएका छन् भन्ने कुरामा गर्व गर्ने अभिभावकको प्रवृत्तिले पनि विद्यार्थीको विदेश मोह बढेको छ ।

छात्रवृत्ति पाएर पढ्न जाने विद्यार्थीको संख्या निकै कम हुन्छ । त्यसमा पनि पूर्ण छात्रवृत्ति पाउने त नगन्य नै हुन्छन् । छोराछोरीलाई विदेशमा पढ्न पठाउने अधिकांश आमाबाबुसँग उनीहरूको पूरा पढाइ खर्च धान्ने क्षमता हुँदैन । छोराछोरी पठाउने खर्चबाहेक एक सेमेस्टरका लागि पुग्ने मात्र लगानी गर्न सक्ने अभिभावक धेरै छन् ।

अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता देशका कलेज भन्दैमा सबै एकै स्तरका हुँदैनन् । पैसाले धान्न सक्ने विद्यार्थीले राम्रा साथै महँगा कलेजमा पढ्न पाउँछन् भने नसक्नेले अन्तरराष्ट्रिय विद्यार्थी रहेको देखाउने कम गुणस्तरका कलेजमा पढ्नुपर्ने हुन्छ । अर्कोतर्फ पूर्ण छात्रवृत्ति वा परिवारले पूरै खर्च धानेर पढ्न पठाइएका विद्यार्थीले पूरै समय पढाइमा लगाउन पाउने भएकाले उनीहरूको शिक्षा गुणस्तरीय हुनुका साथै समयमै पढाइ सकिन्छ ।

काम र पढाइको तनाव अभिभावकको खर्चले पढ्न नसक्ने विद्यार्थीले कामको खोजी गर्नुपर्ने हुन्छ । यस्तो बाध्यता विश्वका धेरै देशबाट गएका विद्यार्थीको हुन्छ । परिणामतः काम पाउन पनि गाह्रो, घरले धान्न पनि नसक्ने अवस्थामा मानसिक समस्याको शिकार हुने विद्यार्थीको संख्या पनि उत्तिकै छ ।

यसरी पढ्न जाने विद्यार्थीले काम गर्न पाउने नियम हुँदैन । पाए पनि कलेज हाताभित्र वा निश्चित घण्टा मात्र गर्न पाइन्छ । कलेज हाताभित्रको काम सीमित हुने र काम खोज्ने विद्यार्थी धेरै हुने भएकाले काम पाउने सम्भावना कम हुन्छ । बाहिर काम गर्ने छूट छ भने पनि काम भेट्टाउन मुश्किल हुन्छ । काम पाए पनि कलेज, आपूm बस्ने स्थान र काम गर्ने स्थानको दूरीका हिसाबले आप्mनै सवारीसाधनको आवश्यकता अर्को समस्या बनिदिन्छ । यी सबै कुरा मिलाउनु तनावको विषय बन्छ ।

काम मिल्यो, अरू कुराको व्यवस्था भयो भने पनि कुनै क्याफे तथा क्यान्टिनमा टेबल पुछ्ने, सर्भ गर्ने, भाँडा माभ्mने, पेट्रोल पम्पमा सवारीमा पेट्रोल भर्ने जस्ता काम पाइन्छन् । विद्यार्थीको बाध्यतासँग जानकार रोजगारदाताले उल्टो कम पारिश्रमिक दिने गर्दछन् । एकातिर कलेजमा निश्चित घण्टा पु¥याउनै पर्ने र अर्कातिर काममा पनि जति बढी समय दिन सक्यो, उति खर्च धान्न सजिलो हुने अवस्थाको चेपुवामा परेर विद्यार्थी थप तनावग्रस्त बन्छन् ।

कलेजले काम गर्न नपाउने नै नियम राखेको छ भने लुकिछिपी काम गर्न बाध्य हुनु पर्दछ । बस्ने, खाने र पढ्ने खर्च धान्न समस्या परेपछि कतिपय विद्यार्थी सस्तो कलेजमा सिप्mट भई पढाइ अघि बढाउन थाल्छन् । राम्रो शिक्षा हासिल गर्न गएका विद्यार्थी अन्ततः कम गुणस्तरको शिक्षा भएको कलेजमा भर्ना भई त्यहाँ टिक्ने उपाय मात्र गर्न बाध्य हुन्छन् । त्यसपछि विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान र शीपमा कमी हुने अवस्था आउँछ । नेपाल आएर काम गर्न पनि यहाँको बजारको वस्तुस्थितिको ज्ञान हुँदैन । त्यसमाथि परिवारको सपना बोकेर ठूलो लगानी लगाएर गएको विद्यार्थी त्यसै अवस्थामा फर्केर आउने त परको कुरा, आपूmले खेपिरहेको कठिनाइ समेत भन्न सकिरहेका हुँदैनन् ।

नेपालमै छ राम्रो शिक्षा अहिले नेपाली विश्वविद्यालयका पाठ्यक्रम पनि परिष्कृत हुँदै अन्तरराष्ट्रिय बजारमा आवश्यक शैक्षिक जनशक्ति निर्माणमा उपयुक्त हुने बन्दै गएका छन् । व्यवस्थापन तर्फकै कुरा गर्दा पनि विगतमा सामान्य हिसाबको कार्यालय व्यवस्थापनको मात्र शैक्षिक कार्यक्रम रहेकोमा हाल आएर पेशाअनुसारका व्यवस्थापनको शिक्षा लागू भएको छ । अबको समय कुनै क्षेत्रगत विषय मात्र पढ्नेभन्दा सो विषयको व्यवस्थापकीय शिक्षासमेत हासिल गर्ने विद्यार्थीको माग बढ्दै गएको छ । स्नातक तहमै टेक्नोलोजी (बीटेक), बिजनेश एडमिनिस्ट्रेशन (बीबीए), हेल्थ केयर (बीएचसी), हस्पिटालिटी (बीएच), साइन्स इन इन्फर्मेशन टेक्नोलोजी (बीएसआईटी), म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम (बीआईटीटी) जस्ता शैक्षिक कार्यक्रम विद्यार्थीमाझ लोकप्रिय हुँदै गएका छन् । साथै समयको मागअनुरूप कृषि, डेरी, हाइड्रोपावर जस्ता नयाँ नयाँ विषयको पनि पढाइ देशमै हुन थालेको छ ।

देश–विदेश दुवै परिवेशलाई समेटेर बनाइएका पाठ्यक्रमका कारण यहीँ राम्रोसँग पढ्ने विद्यार्थीको पनि पेशागत भविष्य फराकिलो भएको छ । यहाँ पढेका विद्यार्थीले विश्वभरका विद्यार्थीसँगको प्रतिस्पर्धामा पनि राम्रो नतीजा ल्याउने गरेका उदाहरण प्रशस्त छन् । यसले उनीहरूले यहाँबाट पाएको शिक्षा गुणस्तरीय भएको प्रस्ट्याउँछ ।

यसबाहेक विदेशका विश्वविद्यालयका पाठ्यक्रमअनुसारको शिक्षा लिन चाहने विद्यार्थीलाई समेत यहीँ बसेर सो अवसर प्राप्त छ । विदेशका ख्यातिप्राप्त विश्वविद्यालयको सम्बन्धनमा पनि कलेजहरूले विभिन्न विषयमा पठनपाठन गराउँदै आएका छन्, जहाँ सम्बन्धित विश्वविद्यालयका प्राध्यापकले समेत पढाउने गर्दछन् । आफ्नै घर/देशमा बसेर पढ्न पाइने भएकाले परिवार तथा परिवेशबाट टाढा हुनु पर्दैन । जान, एक सेमेस्टरभर पढ्न तथा खान, बस्न लाग्ने पैसाले यहाँ पूरै पढाइ सम्पन्न हुन्छ ।

धेरै छन् अवसर देशमै पढ्दा यहाँ के कस्ता अवसरहरू छन्, कस्तो वातावरण छ, कसरी काम गर्ने भन्ने सम्बन्धमा पनि विद्यार्थी जानकार भइरहन पाउँछन्, जसले गर्दा पढाइ सकिँदा–नसकिँदै काम पाई करीअर अघि बढाउने अवसर मिल्छ । हाल स्नातक तहका जुनसुकै विषयका व्यवस्थापकीय शिक्षा हासिल गरेका विद्यार्थीको पनि माग उच्च रहेको कलेजहरू बताउँछन् । एक सेमेस्टर पढेर नभ्याउँदै विषय सम्बन्धित क्षेत्रबाट रोजगारीका प्रस्ताव आउने गरेको विद्यार्थीहरूको पनि भनाइ छ । कलेजहरूले कतिपय विद्यार्थीका लागि कलेजभित्रै रोजगारीको अवसर दिइरहेका पनि छन् । त्यसैगरी विद्यार्थीलाई उनीहरूका विषयअनुसारका रोजगारी दिलाउन कलेजहरूले बैंक÷वित्तीय संस्था र अन्य सम्बन्धित कम्पनीसँग सहकार्य तथा अन्तरसम्बन्ध स्थापित गर्ने परिपाटी पनि बढ्दै र्गको छ ।

हाल आएर राजनीतिक दलहरूका एजेन्डामा पनि आर्थिक समृद्धिलाई जोड दिन थालिएको छ । यसले अब देशमा हरेक क्षेत्रबाट विकासको सम्भावना बढेको देखाउँछ । कुनै पनि देशको विकास आप्mनै वस्तुस्थितिमा निर्भर हुने भएकाले नेपालमै बसेर स्वदेश तथा विदेश दुवैको समष्टिगत शिक्षा हासिल गरेका विद्यार्थी नै उक्त अवसरका पहिला भागीदार हुन्छन् । यी सम्पूर्ण यथार्थ स्पष्ट हुँदाहुँदै पढ्न विदेश नै जानु आवश्यकता हो कि महत्त्वाकांक्षा, विचार गर्नुपर्ने बेला आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।