अनियमितताको आरोपमा जनप्रतिनिधिविरुद्ध उजुरी

Share News

रौतहट (अस) । रौतहटको माधवनारायण नगरपालिकामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कानूनी प्रक्रिया पूरा नगरी बजेटमा अनियमितता गरेको आरोपमा नगर प्रमुख वीरेन्द्र राय यादव, उपप्रमुख सिमल साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रबल कायस्थविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

स्थानीय देवाशिष रायले अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन् । राधाकृष्ण माध्यमिक विद्यालय भवन निर्माण, विभिन्न स्थानका सडक ढलान, ग्राभलिङ, कल्भर्ट तथा पुल निर्माणमा आर्थिक अनियमितता गरेको उनको आरोप छ । नगरपालिकाले कानूनी प्रक्रिया पूरा नगरी तोकमा भरमा विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्त गरिएको गरिएको उजुरीमा उल्लेख छ । मेयर यादवले उक्त आरोप निराधार रहेको र आफूहरूलाई बद्नाम गराउन उजुरी गरिएको बताए । आफ्नो कुनै गल्ती नभएकोले अख्तियारले छानबिन गर्दा कुनै फरक नपर्ने उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।