जम्बुकाँधमा सोलार लिफ्टमार्फत खानेपानी 

Share News

दैलेख (अस) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा सोलार लिफ्टको प्रयोग गरी खानेपानी आयोजना सञ्चालन गरिएको छ । सोलार लिफ्टमार्फत करीब ४५ मिटर टाढाको धुपिधारा भन्ने मुहानबाट जम्बुकाँधको खुख्खा डाँडोमा खानेपानी लोडिङ गरिएको छ । 

खानेपानीको चरम अभाव झेल्दै आएको उक्त ठाउँमा नगरपालिकाको कार्यालय स्थापनापछि स्थानीयले बल्ल खानेपानीको समस्याबाट छुटकारा पाएको स्थानीय चित्रकला उपाध्यायले बताइन् । नगरपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत साढे ३७ लाख रुपैयाँ लागतमा योजना निर्माण गरिएको हो । उपभोक्ता समितिमार्फत प्रत्येकका घरघरमा धारा निर्माण भएको र ४८ घरपरिवारले लाभ लिएको जम्बुकाँध लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रणबहादुर खड्काले बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।