पंखबहादुर शाही
दैलेख । दैलेखको आठबीस नगरपालिकास्थित राकमका स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता बाँडिएको छ । साउन १६ गते बिहीवार आर्थिक अभियान दैनिकमा ‘स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्तामा अनियमितता’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनीहरूको भत्ता दिइएको हो ।
नगर स्वास्थ्य शाखा संयोजकसमेत रहेकी स्वास्थ्य इञ्चार्ज नरेश्वरी शाहीले शुक्रवार १० जना स्वयंसेविकालाई नै एक वर्षको भत्ता दिएको स्वयंसेविका नीरा माझीले बताइन् । उनले ‘समाचार प्रकाशित भयो भनेर सोच्नुहोला तर मैले दिने नै सोच गरेको थिएँ’ जस्ता कुरा आफूहरूलाई सुनाएकोे माझीले बताइन् ।
उनले स्वयंसेविकाको भत्ता रकम अन्यत्रै कार्यक्रममा खर्च गरेको बताइएको थियो । स्वास्थ्य स्वयंसेविकाका लागि २ महीनाअघि नै आएको रकम उनीहरूले पाउन सकेका थिएनन् । स्वास्थ्य स्वयंसेविकाले वर्षभरि गाउँगाउँमा गई भिटामिन खुवाउने तथा खोप लगाउने जस्ता काम गर्दै आएका छन् । सरकारले छुट्टै तलब भनेर उनीहरूलाई नदिए पनि प्रोत्साहन भत्ता भनेर मासिक रू. ७ हजार ५ सय दिँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।