दैलेखमा गत आव ७९६ घरेलु उद्योग दर्ता

Share News

दैलेख (अस) । दैलेखमा पछिल्लो समय घरेलु उद्योग थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग समिति, दैलेखका अनुसार गत आवमा ७९६ घरेलु उद्योग दर्ता भएका छन् । यसमध्ये उद्योग प्रशासनतर्फ ४०७, वाणिज्य प्रशासनतर्फ ३२६ र लघुउद्यमतर्फ ६३ ओटा छन् ।

गत आवमा उद्योग प्रशासनतर्फ १३३ नवीकरण, ८ खारेजी र ५५ ओटा नामसारी भएका छन् । वाणिज्यतर्फ ३०२ नवीकरण, २७ खाारेजी, १०५ नामसारी तथा शाखा स्थापना सुविधा सिफारिश गरिएका छन् । लघुउद्यमतर्फ भने नवीकरण, नाम परिवर्तन गरिएका र शाखा स्थापना सुविधा सिफारिश गरिएका उद्योग छैनन् । सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगबाट गत आवमा रू. ३९ लाख २४ हजार राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । 

जिल्लामा गत आवको बाहेक उद्योग प्रशासनतर्फ २५१८, वाणिज्यतर्फ २८७६ र लघुउद्यमतर्फ १८१२ घरेलु तथा साना उद्योग दर्ता छन् । जिल्लाको अर्थतन्त्रमा यस्ता उद्योगबाट महŒवपूर्ण टेवा पुगेको कार्यालय प्रमुख परशुराम आचार्यले बताए ।

जिल्लामा दर्ता भएकामध्ये केही उद्योग बन्द हुने गरे पनि अधिकांश सञ्चालनमै रहेको कार्यालयले बताएको छ । हालसम्म जिल्लामा पर्यटन, वन, जडीबुटी प्रशोधन र उत्पादनमूलक उद्योग दर्ता भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएकाले उद्योग खुल्ने क्रम बढेको पाइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।