नेपालगञ्जमा ‘अस्ट्रेलियन एजुकेशन सेमिनार’ हुँदै

Share News

नेपालगञ्ज (अस) । बाँकेको नेपालगञ्जमा अस्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज, नेपालगञ्जको आयोजनामा भदौ २७ मा  नेपालगञ्जको वाटिका होटलमा उक्त सेमिनार हुने छ । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई आवश्यक जानकारी दिनुका साथै सहजीकरण गर्ने उद्देश्यले सेमिनार गर्न लागिएको आयोजक संस्थाका शाखा प्रबन्धक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए । सेमिनारमा अस्ट्रेलियाका आठओटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले अस्ट्रेलियाको शिक्षा प्रणाली, कलेज तथा विश्वविद्यालयमा पढाइ हुने विभिन्न विषय, शुल्क लगायतबारे जानकारी दिनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।