नेपालगञ्ज । वैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत नेपालगञ्जमा तीनओटा खेल्दै सिक्ने केन्द्र सञ्चालन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा उक्त केन्द्र सञ्चालन गर्न लागिएको हो । यस्ता केन्द्रलाई प्रभावकारी बनाउन अहिले अर्को रणनीतिक कार्ययोजना समेत बनाइएको उपमहानगरपालिकाका शिक्षा विकास समन्वय एकाइ प्रमुख रामसुरत यादवले बताए । कार्ययोजना निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको थियो । करीब १२ हजार बालबालिका तथा किशोरकिशोरी विद्यालय बाहिर रहेकाले उनीहरूलाई केन्द्रमा समेट्ने उद्देश्य राखिएको शिक्षा विकास समन्वय एकाइका प्रमुख यादवको भनाइ छ । उपमहानगरपालिकाका घसियारन टोल, वसुदेवपुर र भवनियापुरमा केन्द्र स्थापना भइसकेको बताइएको छ । खेल्दै सिक्ने केन्द्रलाई अन्तरराष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने सम्बद्ध वडा कार्यालयले यसको अपनत्व ग्रहण गरेका छन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।