बारा (अस) । कामना सेवा विकास बैंक, निजगढ शाखाले निजगढ–६ सडक टोलस्थित गौरीशंकर माध्यमिक विद्यालयलाई पानी प्रशोधन उपकरण सहयोग गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रदेश २ का प्रमुख राकेश सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थप्रसाद गौतमलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । बैंकको १३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको सिंहले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले विद्यालयलाई बैंकको सहयोगको प्रशंसा गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं ६ का अध्यक्ष कुशबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम तिमल्सिना, विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, बैंकका शाखा प्रबन्धक प्रवीन बर्तौला लगायत उपस्थित थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।