सागको तेस्रो दिन : उसुमा नेपाललाई दुई स्वर्ण    

Share News

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत मंगलवारदेखि शुरु भएको उसु खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।     
     
लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जितेका हुन् । पुरुषमा विजयले ९ दशमलव ४८ अंक जोड्दै स्वर्ण पदक जितेका हुन् । उनले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए ।     
     
रजत पदक जितेको बंगलादेशले ९ दशमलव ३४ अंक ल्याएको थियो भने कास्य पदक जितेको श्रीलंकाले ९ दशमलव १३ अंक जोडेको थियो ।  

  
त्यस्तै महिलामा सुस्मिताले ९ दशमलव ४४ अंक जोड्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारेकी थिइन् ।

सोही स्पर्धामा श्रीलंकाले ८ दशमलव ५५ अंक बटुल्दै दोस्रो भयो भने ७ दशमलव ५३ अंक बटुलेको बंगलादेश तेस्रो स्थानमा रह्यो  । रासस
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।