सागको तेस्रो दिन : एथलेटिक्समा नेपाललाई पहिलो स्वर्ण पदक 

Share News

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।

उनले ३५ मिनेट ७ दशमलव ९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।


यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । योसँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ ।

मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङ, दुवाथोलनमा हिमाल टमाटा र कराँतेको कुमुतेमा नवीन रसाइलीले पनि एक–एक स्वर्ण पदक जितेका छन् ।

सोमवार नेपालले १५ स्वर्णपदक जितेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।