महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाको विशाल स्कोर (अपडेट)    

Share News

फागुन २५, मेलबोर्न । अस्ट्रेलियामा जारी टी २० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसीजी) मा आइतवार भइरहेको फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको छ ।     
     
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि बेथ मूनीले व्यक्तिगत ७८ र अलिसा हिलीले ७५ रन बनाएकी छन् । महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो । एमसीजीमा ८० हजारभन्दा बढी दर्शकका सामुन्ने खेल्नुपर्ने चुनौती भारतसमक्ष छ ।     
     
अर्कोतर्फ, अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ । हरेक पटक खेलिएका विश्वकपमा अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ ।     
     
भारतीय टोलीमा शफाली बर्मा, स्मृति मन्धना, तनिया भाटिया, जमिमाह रोड्रिगेज, हर्मनप्रित कौर (कप्तान), वेदा कृष्णमुर्ती, दिप्ती शर्मा, शिखा पाण्डे, राधा यादव, पूनम यादव र राजेश्वरी गायकवाड रहेका छन् ।  
     
अस्ट्रेलियाली टोलीमा एलिजा हिली, बेथ मूनी, मेग ल्यानिङ, जेस जोनासन, अस्ले गार्डनर, राचेल हेनिस, निकाला केरी, सोफी मोलिनक्स, जर्जिया वेयरह्याम, डेलिसा किमिन्स र मेगान सूट रहेका छन् । रासस / एएनआई
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।