सागमा सफलताको सूत्र

Share News

१३औं सागमा नेपालले यसपटक राम्रो प्रदर्शन गरिरहेको अब हुने खेल समापन समारोहमा मन्त्री राखेपका पदाधिकारीले यो सफलताको जश लिन पक्कै चुक्ने छैनन् अझ आफ्नै कारण आफैले जितेसरह कुर्ली कुर्ली उनीहरूले भाषण पनि पक्कै ठोक्नेछन् विगतदेखि वर्तमानसम्मका सरकारले खेलका लागि कति बजेट छुट्ट्याए कति काम गरे भन्ने जगजाहेर नै पञ्चायती सरकारले बनाइदिएको एकमात्र दशरथ रंगशाला २०४७ सालपछिका सरकारहरूले टालटुल गर्दै आएका छन् त्यसो यो ३० वर्षमा प्रत्येक सरकारले खेलकुदका लागि भनेर केही बजेट पनि छर्ने गरेका थिए क्यारे तर त्यै बजेट पनि मन्त्री खेलकुद पदाधिकारीका विदेश भ्रमण नयाँ दौरासुरुवाल सिलाउँदैमा सिद्धियो पो ! बाँकी बचेखुचेको रकम खेलकुदका राजनीतिक खेलाडीलाई पनि भागशान्ति पुर्‍याउनै पर्‍यो । अनि बिचरा पदाधिकारीले केले गरून् देशमा खेलकुदको विकास ?

 

हुन खेलाडीहरू पनि भाग्यमानी नै छन् किनकि उनीहरूका बाउआमाले आफूले राम्रो नखाई, राम्रो नलाई, पैसा जोगाई खेलाडी बनाइदिएकाले पो आज सागमा नेपाली खेलाडीहरू चम्किइरहेका छन् नत्र के जोर चल्थ्यो तिनीहरूको अरू देशका खेलाडीका अगाडि ? जे होस् नेपाली खेलाडीहरूलाई सरकारले सहयोग गर्न नपाए पनि उनीहरूले कतै कतैबाट सहयोग पाएकै छन् कसैको ट्र्याकसुट मागेर भए पनि, कतिपय खेलकुदका सामग्री प्रतिस्पर्धी देशकै खेलाडीसँग पैंचो लिएर भए पनि, भोकै पेट सही, पटुका कसेरै भए पनि, खेल्ने मौका पाएका छन् कमसेकम यति भए नि भैगो नि यसै पनि कुन चैं धेरै ठूला अन्तरराष्ट्रिय खेल जित्नु हाम्लाई ?

 

अरू धेरै देशहरूमा खेलको उद्घाटन एउटा रंगशालामा, समापन अर्कोमा, खेल पनि विभिन्न खेल मैदानहरूमा सम्पन्न हुने गर्र्ने गर्छन् रे विनाकाममा धेरैओटा रंगशाला बनाएर किन ठूलो रकम खर्चेका होलान् उनीहरूले ? दर्शकहरूलाई किन विभिन्न खेल मैदान धाउने कष्ट दिएका होलान् ? उनीहरूले सिकून् नेपालबाट कि मितव्ययी कसरी बन्ने भनेर यता कसले उक्साएर हो, हँसाउने एक कमेडियन जोडीले चितवनतिर स्टेडियम बनाउने भन्दै हिँडेको सुनिएको यसरी दिनदहाडै सरकारलाई होच्याउने काम गरेकोमा उनीहरूलाई कसैले किन कारबाही गर्दैन हँ ? कि सरकारका मन्त्रीहरूले कमेडियनको कमेडियनहरूले विकास निर्माणको काम गर्ने भनेर भूमिका साट्नुपर्‍यो । हैन भने यो जग हँसाउन छाडेर आफ्नै काममा गम्भीर हुन चेतावनी दिइन्छ किनभने कमेडियनहरूले देश चलाउन सके पनि सरकारी हाकिमहरूले विकास निर्माण गर्न सक्छन् भन्ने कुरामा सबैलाई शंका नि !

 

विदेशीहरू खेलाडीका नाममा विनासित्तीमा राज्यकोषको दोहन गर्छन् खेलाडी तथा तिनका परिवारलाई समेत सरकारी तलब, भत्ता सुविधा  आजीवन खेल भत्ता प्रदान गर्छन् मन्त्रीभन्दा बढी आदर सम्मान गर्छन्   म्रोमा त्यस्तो भद्रगोल चलन छैन

 

त्यसो भन्दैमा सरकारले खेलकुदका लागि सिन्को नै नभाँचेको भन्न चैं कसैले पनि पाउँदैन है ! किनकि कति वर्ष अगाडि हो, उसले मूलपानीमा क्रिकेट स्टेडियम बनाउने घोषणा गरेकै हो खेलकुद परिषद् ओलम्पिक कमिटी पनि बनाएकै अरू अनेक नामका समितिहरू बनाइएका छन् देशैभरि खेलसँग सम्बन्धित थुप्रै संघसंस्थाहरू पनि खडा गरिएकै छन् जीवनमा गीर पनि नखेलेका थुप्रै राजनीतिक खेलाडीहरूले त्यहाँ जागीर पड्काएकै छन् ती जागीरेहरू खेलाडीसँगै विदेश जान पनि भ्याएकै छन् बरु खेलाडीले आफ्नो टिकट आफै पैसा तिरेर विदेश जानु पर्ला तर धन्न कार्यकर्ता जागीरेको भने सबै खर्च खेलकुदकै पैसाबाट अहिलेसम्म चलेकै

 

हुन पनि खेलाडीले मात्र खेल खेलेर जितिने पनि होइन राजनीतिक कार्यकर्ता पदाधिकारीले खेलाडीमा उत्साह नभर्दिने हो भने खेलाडीले आफ्नै बलबुताले मात्र कसरी खेल्न सक्छन् ? खेलका पदाधिकारीले खेलाडीलाई अब्बल बनाउन कम्ता मेहनत गर्नुपर्छ ? पद पाउनेबित्तिकै पद दिलाउनेकहाँ हाजिरी बजाउन धाउनुपर्‍यो । त्यहाँ धाएर मात्र पुग्दैन भगवान सरह नेताजीका दर्शन पनि समय समयमै पाउनु पर्‍यो । अनि बजेट निकासा गराएर आफ्ना लागि गाडी किन्न भ्याउनु पर्‍यो । आफ्नो स्वास्थ्य, सुरक्षा आदिको जोहो पनि मिलाउनै पर्‍यो । यो सबै व्यवस्थापन गर्न कम्ता दौडधूप गर्नु पर्दैन !

 

विदेशीहरू खेलाडीका नाममा विनासित्तीमा राज्यकोषको दोहन गर्छन् खेलाडी तथा तिनका परिवारलाई समेत सरकारी तलब, भत्ता सुविधा आजीवन खेल भत्ता प्रदान गर्छन् मन्त्रीभन्दा बढी आदर सम्मान गर्छन् हाम्रोमा त्यस्तो भद्रगोल चलन छैन

खैर, यो चिसो मौसममा पनि खेलकुदका हाकिमहरूले गरेको विशेष मेहनतका कारण १३औं साग सफलता उन्मुख सम्पन्न हुन गइरहेको यसमा खेलाडी खेलाडी भैहाले उनीहरूलाई के बधाई दिनु ? किनकि बधाई पनि कति दिनु ? सबैले खेलाडीलाई जीवनभरलाई पुग्नेगरी बधाई दिइरहेकै छन् अब त्योभन्दा धेरै बधाई उनीहरूले शायद धान्न पनि सक्दैनन् त्यसैले है ! १३औं साग सफल हुनुमा खेलाडीहरूबाहेक बाँकी सबै बधाईका पात्र हुनुहुन्छ

 

अब समापन समारोहमा सबैको धोको प्रधानमन्त्रीले सम्बोधन गरेको हेर्ने तर प्रधानमन्त्री अहिले अलिअलि बिरामी हुनुहुन्छ भलै सल्लाहकारहरूका अनुसार भने उहाँ खास बिरामी हुनुहुन्न केवल आरामका लागि १० दिन आईसीयूमा बस्नुभएको उहाँ बिहीवार दिउँसो डिस्चार्ज समेत भइसक्नुभयो जे जस्तो अवस्थामा हुनुहुन्छ, अझ स्वस्थ भएर, सके प्रत्यक्ष, नसके भिडियो कन्फ्रेन्स मार्फत नै भए पनि कमसेकम १३औं सागको समापन गर्न हँसिलो अनुहार लिएर आउनुहुनेछ भन्ने आशा कामना पनि गरौं

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।