प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गर्ने तयारी

Share News

चैत १४, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको चालमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । प्रम ओलीलाई बिहीवार साँझ साढे ११ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो । 

प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहका अनुसार सम्भवतः उहाँलाई  शुक्रवार साँझसम्ममा डिस्चार्ज गरिनेछ । प्रधानमन्त्री ओलीको फागुन २१ मा शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्न चिकित्सकले सुझाएता पनि उहाँले सरकार सञ्चालनमा झनै सक्रियता देखाउनु भएको  थियो ।प्रम ओलीको सक्रियतालाई लिएर चिकितत्सकले आफैले जोखिम निम्त्याएको भन्दै आलोचना गरेका थिए ।

मिर्गौला प्रत्यारोपणपछि ओलीले पहिलो पटक सार्क राष्ट्रप्रमुखको भिडियो कन्फ्रेन्समा,दोस्रो पटक देशबासीको नाममा सम्बोधन र दुई दिनअघिको  मन्त्रिपरिषद बैठकमा करीब ४ घण्टा समय बिताउनुभएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।