बिज्हवद्वारा ई–लर्निङमार्फत विभिन्न कक्षाहरु सञ्चालन

Share News

वैशाख ७, काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको  यो समयलाई  अवसरको रुपमा लिनुपर्ने भन्दै ई–लर्निङलाई प्रोत्साहित गर्न यहाँका युवाहरुले पोर्टल निर्माण गरि सेवा शुरु गरेका छन् ।

चार्टर्ड एकाउन्टेन्टस् तथा ईञ्जिीनियर युवाहरु संस्थापक रहेको कम्पनि बिज्हब आईटी सर्भिस प्रालिले नेपालमा www.ottish.com नामक अनलाइन प्लेटफर्मको विकास गरि सेवा सुचारु गरिसकेको कम्पनीका संस्थापक अध्यक्ष ऋषिराम चालिसे ले जानकारी दिए । 

उनका अनुसार सो प्लेटफर्म करीव एक वर्षको अवधिमा निर्माण गरि बिगत पाँच महीनादेखि संचालनमा ल्याइएको र हाल उक्त प्लेटफर्ममार्फत लोकसेवा तयारी कक्षाहरु, भाषा तयारी कक्षाहरु, चार्टर्ड एकाउन्टेन्सीका तयारी कक्षाहरु, कम्प्युटर सम्बन्धि सिपमुलक कक्षाहरु साथै अन्य तयारी कक्षाहरु सञ्चालन भइरहेको छ ।

 कक्षाकोठामा बसेर पढेको जस्तै अनुभव हुनेगरी आफुसँग भएको मोबाईल तथा कम्प्युटरको प्रयोगबाट पढ्न मिल्ने  गरि विकास गरिएको उक्त प्लेटफर्म मार्फत हाल देशभरीका विभिन्न क्षेत्रका करीव ५ हजारभन्दा बढी बिद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।

गरीब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै उक्त कम्पनीले दूरदराजमा रहेका व्द्यिार्थीहरुलाई न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र सो मार्फत घरमै बसेर पढ्न सकिने, समय र पैसाको बचत भइरहेको पनि बताएको छ ।

नविनतम तथा प्रविधिमा आधारित व्यवसायहरुको प्रवर्द्धन र विकासको लागि करसँग सम्बन्धित सहुलियत तथा अन्य सुबिधाहरुको नीतिगत रुपमै व्यवस्था गराउन सके र ई–लर्निङको प्रयोग शैक्षिक योजनाहरुसँग जोडी दूरदराजमा रहेका विदार्थीहरुलाई सेवा दिन सके शैक्षिक क्षेत्रले ठूलो फड्को मार्ने सक्ने पनि उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।