वैशाख ८, नयाँदिल्ली । कोरोना भाइरसको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि भारतमा लकडाउनको समय लम्विरहँदा धारावाहिक धार्मिक श्रृंखला रामायणको लोकप्रियता बढ्दै गएको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।
भारत सरकार नियन्त्रित दूरदर्शन टेलिभिजन च्यानलले लकडाउनमा दर्शकहरुलाई धर्मसंस्कृतिबारे जानकारी दिने उद्धेष्यले पुनःप्रशारण गरेको रामायणले टीआरपी पनि प्रशस्त पाइरहेपछि उक्त श्रृंखलामा रामको भूमिका निर्वाह गरेका मुख्या कलाकार अरुण गोविलले पनि खुशी व्यक्त गरेको भारतीय सञ्चारमाध्यम आजतकले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
त्यसो त लकडाउनको समय भएकाले कलाकार अरुण गोविल स्वयं पनि आफ्ना सवै परिवारका साथ घरमै बसेर रामायण हेरिरहेका छन् । उनका अनुसार रामायणको पुन : प्रशारणपछि मानिसको जीवनमा धर्मसंस्कृति बारे थप जानकारी पाउन मद्दत पुगेको छ ।
रामायण पुनः प्रशारण भएपछि हालैका दिनमा भारतमा बार्क रेटिंगमा रामायण तीन ओटा विधामा प्रथम श्रेणिमा रहेको छ भने अत्याधिक रुचाइएको भारतीय टेलिभिजन च्यानलमा दुरदर्शन नम्वर एक बनेको छ ।
जवदेखि भारतमा कोरोना भाइरसका कारण लकडाउन शुरु भयो त्यसको केहि साता पछिदेखि रामान्द सागरद्वारा निर्मित रामायण घरमा वस्न बाध्य सर्वसाधारणका लागि मनोरञ्जनको माध्यम बनेको कलाकार अरुण गोविलले बताएका छन् ।
निर्माण भएको ३३ वर्ष पछि पनि रामायणको लोकप्रियता उत्तिकै रहेकोमा यतिखेर मुख्य नायक गोविल मात्र होइन उक्त श्रृंखलामा कलाकारको भुमिका निभाएका अन्य कलाकारहरु पनि खुशी बनेको बताइएको छ । ई-टाइम्सलाई दिएको अन्तरवार्तामा नायक गोविलले रामायण श्रृंखलामा दर्शकबाट माया र सद्भाव पाएको बताएका छन् ।
उनले भनेका छन् –‘रामायण यस्तो विषय हो जसबाट आजका युवाहरुलाई संस्कार हस्तान्तरण गर्न मद्दत पुर्याउँछ, यसले कहिल्यै पनि आफ्नो ऐतिहासिक मुल आधार गुमाउँदैन, कहिल्यै पुरानो हुँदैन ।’
भारतमा जारी लकडाउनका कारण बृद्धबृद्धा मात्र होइन रोजगारीमा संलग्न युवा पिंढीहरु पनि घरमै बसेर मनोरञ्जन लिइरहेका छन् । लकडाउनपछि मानिसको जीवनशैलीमा पनि परिवर्तन आएको छ । उक्त धार्मिक सिरियल अहिले विहान र राती प्रशारण भइरहेको छ । लकडाउनको अवस्थामा कोहि पनि घरबाहिर ननिस्कउन र घरमै वसेर धार्मिक सिरियल मार्फत् मनोरञ्जन लिन पाउन भनेर रामायण पुन : प्रशारण गरिएको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बताएका छन् ।
जहिल्यै पनि कामका खातिर हतार –हतारमा घरबाट निस्कने युवाहरु यतिखेर रामायणको अतिरिक्त दूरदर्शनमा महाभारत, शक्तिमान, श्रीमान श्रीमति, बुनियाद, देखभाई देख जस्ता पुराना आईकोनिक टेलिश्रृंखलाहरु पुनः प्रशारण भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर लकडाउन घोषणा गरेका छन् र यो लकडाउनको अवधि कहिलेसम्म लम्विने हो, अन्योलमै रहेको छ । लकडाउनपछि रेलसेवा लगायत कयौं कलकारखाना बन्द छन् ।
कैयौं मजदूर वेरोजगार भएका छन् । एकस्थानबाट अर्को स्थानमा हिंडडुल गर्न प्रवितन्ध लगाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण भारतमा सोमवार अपरान्हसम्म ५४३ जनाको मृत्यु भएको छ भने १७ हजार २६५ जना संक्रमित भएका छन् । एजेन्सीको सहयोगमा
यो पनि हेर्नुस्
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।