प्रधानमन्त्रिको प्रवृत्ति कोरोना भाइरसभन्दा खतरनाक : डा भट्टराई

Share News

वैशाख १३, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टी (जसपा) का नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति कोरोना भाइरसभन्दा खतरनाक रहेको  टिप्पणी गरेका छन् ।

उनले शनिवार समाजिक सञ्चाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको कार्यशैलीलाई भष्मासुर,  हिटलर, स्टालिन र चाउचेस्कु प्रवृत्तिको रुपमा चित्रित गर्दै ओली प्रवृत्तिको भाइरस कोरोना भाइरसभन्दा खतरनाक भएको भनेका छन् । 

साथै उनले प्रधानमन्त्रिलाई चिनेर इतिहासबाट छिटो बिदा गर्नुपर्ने पनि बताएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।