विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्बभन्दा बढीको बजेट        

Share News

असार १०, विराटनगर । विराटनगर महानगरपालिकाले छैठौं नगरसभामा आर्थिक बर्ष  २०७७/ ०७८ का लागि रू. ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित बजेट पेश गरेको छ । 
बुधवार उप–प्रमुख इन्दिरा कार्कीले रू.३ अर्ब ३७ करोड ८१ लाख १० हजारको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । चालू आर्थिक बर्षको भन्दा यो बजेट रू.१ अर्ब ७४ करोड ४९ लाख कम हो ।  

महानगरपालिको आन्तरिक स्रोतबाट रू.८९ करोड ८२ लाख १६ हजार ७००, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट रू.७६ करोड ८२ लाख ५२ हजार ९४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू.३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरिएको छ ।

संघीय सरकार सशर्त अनुदानबाट रू.१ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट रू.२ करोड १० लाख ९ हजार १८०, संघीय सरकार बिशेष अनुदानबाट रू.१३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट रू.३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट रू.३ करोेड २६ लाख ७८ हजार १८० र जनसहभागिताबाट रू. ९ करोड ६२ लाख ५ हजार आय हुने अनुमान गरिएको  कार्कीले बताइन् ।

उप–प्रमुख कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरपालिको प्रशासनिक खर्चतर्फ रू.३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३रू.६ करोड र ल्यान्डफिल्डको जग्गा खरीदसहित वातावरण तथा फोहोरमैला व्यवस्थापनतर्फ रू.११ करोड ४९ हजार ५० हजार बराबरको बजेट विनियोजन गरिएको छ ।

त्यस्तै नगर स्वास्थ्यतर्फ रू.१९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ रू.५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुदतर्फ रू.२ करोड ९ लाख २४ हजार र भौतिक पुर्वाधार निमार्ण लगायतका अन्य पुँजीगत खर्चतर्फ रू.१ अर्ब ७१ करोड ७९ लाख ६५ हजार बराबरको बजेट विनियोजन गरिएको उप–प्रमुख कार्कीले नगरसभालाई जानकारी गराइन् । 
आव  २०७६/ ०७७ का लागि महानगरपालिकाले भने रू.५ अर्ब बढीको बजेट ल्याएको ल्याएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।