संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

Share News

असार १८, काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको बिहीवारको बैठकले प्रधानमन्त्रिनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साँझ पाँच बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

 प्रधानमन्त्री केपी शर्मा ओली बिहीवारनै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति शितल निवास जानु भएको थियो । संघीय संसद्को बजेट अधिवेशन वैशाख २६ गतेदेखि शुरू भएको थियो । 

सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अधिवेशन आव्हान गर्नु भएको थियो ।  

मन्त्रिपरिषद्पछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को स्थायी समिति बैठक शुरु भएको छ । स्थायी समिति बैठक मन्त्रिपरिषद्को बैठककारण निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम  अधिवेशन आह्वान र अन्य गर्ने प्रावधान छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।