दुई साताका लागि त्रिविका सबै क्याम्पस बन्द

Share News

भदौ १, काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गएकाले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द हुने भएको छ । 

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतवार सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जानकारी दिएका हुन् । 

यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।