माघ १८, काठमाडौं । गहतराज सञ्जालको राजधानी समन्वय समितिले नेपालमा पहिलो पटक ‘गहतराज सञ्जाल कप’ आयोजना गर्ने भएको छ ।
गहतराज सञ्जालको दोस्रो वार्षिक उत्सवको अवसमार राजधानी समन्वयन समितिले स्वास्थ्यका लागि खेलकूद, जीवनका लागि खेलकूद भन्ने नारासहित प्रथम गहतराज सञ्जाल कप’ आयोजना गर्न लागेको हो ।
सञ्जालले आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुमा उक्त मेला गर्ने छ ।गहतराज सञ्जाल कप अन्तरगत अन्तर बिश्वकर्मा व्याटमिन्टन प्रतियोगिता गरिने बताइएको छ ।
उक्त खेल आगामि चैत १२ गतेदेखि मनमैजुस्थित फोर जी हलमा शुर गरिने आयोजकले बताएको छ ।व्याडमिन्टन खेल पुरुष डबल, पुरुष सिङगल, मिक्स डबल हुने आयोजकले बताएको छ ।
पुरुष डबलतर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपियाँसहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । उक्त विधातर्फको टिमदर्ता शुल्क २ हजार रुपियाँ तोकिएको छ ।
पुरुष सिङ्गलतर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश ६ हजार, ४ हजार र २ हजार रुपियाँसहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसविधा तर्फको प्रवेशशुल्क १ हजार रुपियाँ तोकिएको छ ।
त्यस्तै मिक्स डबलतर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश : ६ हजार ४ हजार २ हजार रुपियाँसहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसविधा तर्फको प्रवेशशुल्क १ हजार ५०० रुपियाँ तोकिएको छ ।
खेलको उद्घाटन समारोह चैत १२ गते विहान ११ बजेबाट शुरु हुने आयोजकले बताएको छ । खेलाडीहरुले चैत्र १० गते विहान १० बजे सम्ममा नाम दर्ता गरिसक्नु पर्ने गहतराज सञ्जाल राजधानी समन्वय समितिले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।