पूर्वाधार विकास साझेदारीबाट विद्यालयको कक्षा कोठा

Share News

फागुन ३, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट वीरगञ्जमा विद्यालयको कक्षा कोठा थप्ने काम शुरू भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको कक्षा कोठाको सोमवार शिलान्यास भएको छ । 
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य प्रदीप यादवले शिलान्यास गरेका हुन् ।

शिलान्यासमा यादवले शिक्षा क्षेत्रको विकास भएमात्र देशको सापेक्ष विकास सम्भव भएको बताए । ठूला पूर्वाधार बनाए पनि समाज शिक्षित नभएसम्म भौतिक विकासको मात्र अर्थ नहुने उनको भनाइ थियो ।

कक्षा कोठा निर्माणका लागि यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको कोषबाट २५ लाख रुपैयाँ दिएका छन् । उक्त रकमबाट ४ ओटा कक्षाकोठा निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार टेमानीले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।