क्ल्याम्पहुक एकेडेमीले इन्जिनियरिङको प्रवेश परीक्षा तयारी कक्षा अनलाइनबाटै सञ्चालन गर्ने

Share News

जेठ १४, काठमाडौं । क्ल्याम्पहुक एकेडेमीले इञ्जिनियरिङको प्रवेश परीक्षाका तयारी कक्षा अनलाइन माध्यमबाट न्युनतम शुल्कबाटै सञ्चालन गर्ने तयारी गरेको छ ।

बिगतमा इन्जिनियरिङको प्रवेश परीक्षाका विषयमा समयमै सहि जानकारी नपाएर कतिपय विद्यार्थीले शैक्षिक वर्ष गुमाउनु पर्ने अवस्था देखेपछि गत वर्ष क्ल्याम्पहुक एकेडेमीको स्थापना गरेको संस्थापक इन्जिनियर बिक्की छन्त्याल बताउँछन् ।

‘अधिकांश विद्यार्थी १२ कक्षाको परीक्षा दिएर स्नातक तह अध्ययनका लागि विभिन्न प्रवेश परीक्षाहरूको तयारी गर्न तत्काल काठमाडौं आउनुपर्ने बाध्यता थियो, त्यो अब हटेको छ’ उनी  भन्छन्, ‘यसले बिद्यार्थीको काठमाडौं बस्दा खाँदा लाग्ने खर्चसमेत जोगिएको छ ।’

प्रवेश परीक्षा कक्षालाई नै लक्षित गरेर प्रभावकारी र सर्बसुलभ अनलाइन कक्षा चलाउने तयारी गरिएको छन्त्यालले बताए । क्ल्याम्पहुक स्थापनाकोे प्रमुख उद्देश्य नै यही भएकाले सोही ‘स्प्रीट’ अनुसार नै संस्थाले काम गर्ने उनको भनाइ छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक क्याम्पसबाट पासआउट भएका इन्जिनियरको टिमले गत वर्ष भएको लकडाउन कै बीचमा क्ल्याम्पहुक एकेडेमी स्थापना गरेको थियो ।

क्ल्याम्पहुक एकेडेमीले निषेधाज्ञा बीच इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत हुने ब्याचलर्स तहको बीई/ बी आर्क प्रवेश परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्नेछ ।

अघिल्लो वर्ष अनलाइन कक्षा संचालन गरिसकेको क्ल्याम्पहुकले निषेधाज्ञाका कारण घरमै रहेका विद्यार्थीको समय फलदायी होस् भनेर यो पटक १२ को अन्तिम परीक्षा अगाबै अनलाइन कक्षा सञ्चालन गर्ने बताएको छ ।

विद्यार्थीलाई आर्थिक भार नपर्ने गरि सर्बसुलभ होस् भनेर विशेष सुविधासहित फुल कोर्षको ६ हजार रुपैयाँ मात्र तोकिएको क्ल्याम्पहुकले बताएको छ ।

‘क्ल्याम्पहुकमा कक्षा लिने सबै शिक्षकहरु पुल्चोकबाटै ‘ग्रयाजुयट’ इन्जिनियर र पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्दै गरेर अघिल्लो वर्षका आइओई टपर हुनुहुन्छ’, उनले भने, ‘आईओइ प्रवेश परीक्षा तयारीका लागि विद्यार्थीले ध्यान दिनु पर्ने ‘माइक्रो लेभल’का कुराहरू पनि क्ल्याम्पहुकले सिकाउँछ ।’ 
 विद्यार्थीलाई गणित, फिजिक्स, केमेस्ट्री तथा अंग्रेजी विषयको आईओई प्रवेश परीक्षाको सेलेबसमा आधारित डिजिटल नोटको व्यवस्थासमेत गरिएको छ ।

विगतका वर्षदेखि आईओई इन्ट्रान्समा आएको प्रश्नहरूको आधारमा तयार पारिएको मोडल प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिइने छ । पुल्चोक क्याम्पसको ५७६ ओटा सिटका लागि हरेक वर्ष १२ हजारभन्दा बढी विद्यार्थीले आईओईको प्रवेश परिक्षामा सहभागी हुने गरेका छन् ।

उनका अनुसार केन्द्रीय क्याम्पस पुल्चोकबाहेक इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका चार ओटा आंगिक क्याम्पसलगायत निजी कलेजमा भर्ना पाउन पनि विद्यार्थीले राम्रो मेरिटमा परीक्षा पास गर्नुपर्ने हुन्छ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।