टोकियो ओलम्पिक्समा हरेक खेलमा बढीमा १० हजार दर्शकलाई अनुमति  

Share News

असार ७, टोकियो (जापान) । जापानले नजिकिंदै गरेको टोकियो ओलम्पिक्स प्रतियोगिता हेर्न रंगशालामा हरेक खेलमा बढीमा १० हजार दर्शकलाई आउने दिने भएको छ । 

टोकियो महानगर सरकार र ओलम्पिक आयोजकहरुले सोमवार यसबारे निर्णय गरेका हुन् । खेल प्रतियोगिता हुन लागेको स्थलको क्षमताको ५० प्रतिशत ननाघ्ने रहेछ भने मात्रै सो संख्याले रंगशालामा जाने अनुमति पाउनेछन् ।

गत मार्चमा आयोजकहरुले सीमापारबाट प्रतियोगिता हेर्न आउने दर्शकहरुमाथि प्रतिबन्ध लगाएका थिए ।अर्थात् अब जापानमा बसोबास गरिरहेकाहरुले मात्रै प्रतियोगिता हेर्न पाउनेछन् ।

जापान सरकारले हालै कन्सर्टलगायत ठूला कार्यक्रम र खेलकूद प्रतियोगितामा सहभागी हुन सक्ने दर्शकको संख्यामा सीमा तोकेको थियो । पछिल्लो निर्णय सोही नीतिमा आधारित छ । 

प्रतियोगिता भइरहेको बेलामा कोभिडको संक्रमण खराब हुँदै गयो र आपतकाल नै लगाउनु पर्ने अवस्था आयो भने दर्शकमाथि पूर्ण प्रतिबन्ध लगाउन सकिनेछ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।