टोकियो ओलम्पिक्ससम्बद्ध संक्रमितको संख्या ३०० नजिक

Share News

साउन १९, टोकियो । टोकियो ओलम्पिक्ससँग सम्बन्धित व्यक्तिहरुमध्ये झण्डै ३०० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

जुलाई १ मा प्रतियोगितासम्बद्ध संक्रमितको संख्या सार्वजनिक गर्न थालेयता कुल संक्रमितको संख्या मंगलवार २९४ पुगेको हो । मंगलवार प्रतियोगिता सम्बद्ध थप १८ जना व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण भएको आयोजक समितिले बताएको छ । 

समितिका अनुसार योसँगै मंगलवार पुष्टि भएका संक्रमितमा ग्रिसका आर्टिष्टिक स्वीमर भएको र उनी एथलिट् भिलेजमा बस्ने गरेको आयोजकहरूले बताएका छन् । बाँकीमध्ये १० जना ठेकेदार, पाँचजना  प्रतियोगितासम्बद्ध अधिकारी, एक जना स्वयंसेवक र अर्का एक जना सञ्चारकर्मी छन् । यीमध्ये १२ जना जापानका बासिन्दा हुन् भने बाँकी विदेशबाट आएका व्यक्तिहरु छन् । 

आइतवारसम्ममा प्रतियोगिताकालागि विदेशबाट ४१ हजार ९९७ जना जापानमा आएको ओलम्पिक र पाराओलम्पिक आयोजक समितिले बताएको छ । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।