साउन २०, टोकियो । टोकियो ओलम्पिक्ससँग सम्बद्ध थप २९ जना व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
टोकियो ओलम्पिक्स आयोजक समितिले बुधवार बताएअनुसार यो प्रतियोगितासम्बद्ध व्यक्तिहरुमा देखिएको अहिलेसम्मकै उच्च दैनिक संक्रमण हो । समितिकाअनुसार बुधवार थपिएका संक्रमितमा चार जना विदेशबाट आएका खेलाडी छन् ।
यिनीहरुमध्ये तीन जना ग्रिसको आर्टिष्टिक स्विमिङ टोलीका स्वीमर भएको आयोजकले बताएको छ । समितिले संक्रमित सम्बन्धी अन्य सबै जानकारी खुलाएको छैन । बुधवार थपिएका संक्रमितको संख्या जुलाई १ मा आयोजक समितिले प्रतियोगितासम्बद्ध संक्रमितको संख्या सार्वजनिक गर्न थालेयता उच्च हो । यो सँगै कुल संक्रमितको संख्या ३२२पुगेको छ । यस अघि जुलाई ३१ मा एकै दिन प्रतियोगिता सम्बद्ध २७ जनामा संक्रमण देखिएको थियो ।
टोकियो ओलम्पिक्समा पहिलो पटक सामूहिक संक्रमणको पनि पुष्टि भएको छ । आयोजक समितिले बताएअनुसार ग्रिसको राष्ट्रिय टोलीमा कयौं सदस्यमा परीक्षणका क्रममा भाइरस भेटिएको छ ।
शिक्षक र खेलाडीसमेत टोलीका १२ मध्ये पाँच जनामा कोरोनाभाइरसको संक्रमण पाइएपछि टोली मंगलवार हुने प्रतिस्पर्धामा सहभागीभएको थिएन। समूहकाअन्य सात सदस्यको परीक्षणको नतिजा नकारात्मक आएको र यिनीहरुलाई संक्रमितसँग निकट सम्पर्कमा आएका व्यक्तिहरुलाई राख्ने ठाउँमा सारिएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।