पाल्पा । तानसेन नगरपालिकाभित्रका महिलालाई व्यावसायिक बनाउन उद्यमशीलतासम्बन्धी सचेतना अभियान थालिएको छ । नगरपालिकाभित्रका महिलालाई लक्षित गरी गरिबी निवारणका लागि लद्युउद्यम विकासको शुरुआत गरिएको हो ।
नगरपालिकाको आयोजना र ग्रामीण आर्थिक विकास संघ (रेडा)को समन्वयमा नगरभित्रका बेरोजगार महिलालाई लद्युउद्यम विकास गरी स्वरोजगार बनाउन सचेतना अभियान सञ्चालन गरिएको बताइएको छ । गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रमअन्तर्गत बुधवारदेखि शुरू भएको तालिम आठ दिनसम्म सञ्चालन हुनेछ । तालिमको अवधिमा लद्युउद्यम, व्यावसायिक योजना निर्माण, व्यवसाय सञ्चालनको प्रक्रिया, कानूनी प्रक्रियालगायतका विषयमा छलफल हुनेछ ।
त्यसैगरी पहिलो चरणको तालिमपछि कस्तो व्यवसाय गर्ने, व्यवसायको छनौट, लगानीको स्थिति, सानो लगानीबाट कस्ता व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा तालिम अवधिमा छलफल हुने संस्थाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । नगरपालिकाका योजना शाखाका प्रमुख विष्णु पौडेलले व्यावसायिक शीप विकास गरी महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उद्यमशीलता तालिमको महŒव रहेको बताए । महिलाको दिनभरको समय खाली रहेकाले त्यसलाई सदुपयोग गरी घरमा बसीबसी आम्दानी गर्न सफल हुने विश्वास उनले व्यक्त गरे ।
नगरपालिकाले शीप नभएका नागरिकलाई शीप र शीप भएर पनि पूँजी नहुने नागरिकलाई सहुलितय ब्याजदरमा ऋण प्रवाहको व्यवस्था गरेको छ । तालिममा व्यावसायिक सचेतना र लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रशिक्षण तानसेन–२ र ४ का ७० जना र करिब ३० महिला सहभागी भएको इबिक कोर्डिनेटर हीरामणि पराजुलीले बताए । प्रशिक्षण रूस्मा घिमिरेले महिलाहरूलाई व्यावसायिक बनाउन लद्युउद्यम विकाससम्बन्धी ज्ञानको आवश्यक भएको बताइन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।