यो वर्ष एसईई वैशाख महीनामा गर्ने तयारी

Share News

पुस २५, काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख महीनामा हुने भएको छ ।

यो वर्ष कोरोना महामारीका कारण असार महीनाबाट अध्यापन शुरु भएकाले झण्डै एक महीना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विभिन्न जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएका कारण वैशाखमा एसईई लिने निर्णय गरिएको हो । यस सम्वन्धमा राष्ट्रिय परीक्षा बोर्डले पनि एसईई परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको बताएको छ ।

उता मन्त्रालयले भने नयाँ शैक्षिक शत्र २०७९ को पठनपाठन वैशाखमै शुरु गर्ने तयारी गरेको छ । यसअघि यमित तालिकाअनुसार चैत महीनामा एसईई हुने गर्थ्यो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।