मधेस प्रदेशको मुहार फेर्ने दुई रुपान्तरणकारी सिंचाई आयोजनाको काम धमाधम 

Share News

माघ १३, काठमाडौं। तराईका भूभाग मात्रै समेटरेर बनाइएको मधेस प्रदेशमा ठूला जलविद्युत आयोजना बनाउने सम्भावना छैन । तर जलविद्युत आयोजना नहुँदैमा यो प्रदेशको समृद्धि भने रोकिने छैन ।

मधेस प्रदेश केन्द्रित दुई ओटा बहुउदेश्यीय सिंचाई आयोजनाको निर्माणले यो क्षेत्रको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने देखिन्छ ।  एउटा आयोजनाबाट त तराईमा सिंचाई सुविधासँगै ३१ मेगावाट विद्युत् पनि उत्पादन गर्ने योजना छ  । 

ग्राउण्डवाटर सिंचाई आयोजना 
२५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रस्तावित ग्राउन्डवाटर सिंचाई आयोजनाले सर्लाही र रौतहटका बिपन्न र सुक्खा गाउँहरुमा सिंचाई सुविधा पुर्याउने छ । 
धेरै ट्युवेल गाडेर जमिन मुनिको पानीलाई सिँचाईको रुपमा प्रयोग गर्ने यो नेपालकै ठूलो सिंचाई योजना मध्ये एक हो । 

जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक कृष्ण प्रसाद नेपालका अनुसार यो प्रोजेक्टको तयारीका लागि एसियाली विकास बैंक (एडीबी)ले प्रारम्भिक सहयोग गरिरहेको छ । 
यो परियोजनाको पाईलट प्रोजेक्ट निर्माणको लागि बैंकले ५ लाख अमेरिकी डलर बराबरको को प्राविधिक सहायता दिएको छ । 

नेपालका अनुसार हाल यो पाईलट प्रोजेक्टको निर्माण लगभग सकिएर वितरण प्रणाली निर्माणको काम मात्रै बाँकी रहेको छ । पाईलट प्रोजेक्ट सफल भएसँगै यो प्रोजेक्ट निर्माण गर्न एडीबी तयार भएको विभागलाई जानकारी दिईसकेको छ । 

‘यो पाईलट प्रोजेक्ट सकिएपछि परियोजना निर्माणमा एडीबीले ऋण सहयोग गर्ने ईच्छा देखाएको छ,’ उनले अभियान सँग भने ‘छिट्टै निर्माण सम्झौता गर्ने अन्तिम तयारी पनि भईरहेको छ ।’ 

यो परियोजना अन्तरगत रौतहट र सर्लाहिमा ५०० ओटा ट्युवेल गाडिने छ । जसबाट ४० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । यस बाट करिब २ लाख बढी किसानले प्रतक्ष सिंचाई सुविधा पाउने भएका छन् ।

यो प्रविधिबाट ठूला सिंचाई आयोजना निर्माण गर्नु नेपालको लागि नयाँ भएकोले अध्ययन अझै बाँकी रहेको पनि उनले बताए ।

हाल पाईलट प्रोजेक्टको रुपमा परीक्षण भईरहेको एउटा ट्युवेलले प्रति सेकेण्ड ४० लिटर पानी लिफ्टिङ गरिरहेको छ । पाईलट प्रोजेक्ट अगमी ३ महिना भित्रै सक्ने योजना रहेको नेपालले बताए ।

सुनकोशी मरिन डाइभर्सन आयोजना

सुनकोशी-मरिन डाइभर्सन आयोजना रौतहट-सर्लाहिमा प्रस्तावित एक बहुउदेश्यीय सिंचाई आयोजना हो । 

४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सुनकोशी मरिन आयोजनाले सुनकोशीको पानी १३ किलोमिटर लामो सुरुङमार्गबाट मरिन खोलामा फर्काएर तराईका धेरै जिल्लामा सिंचाई सुविधा पुर्याउने छ ।

गएको चार महिनामा यहाँ अत्यधिक रफ्तारमा काम भएको आयोजनाको अनुगमनका पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेलले बताएका छन् ।

सुनकोसी मरिन डाईभर्सन परियोजनाबाट मधेस प्रदेशसँगै बागमति प्रदेश अन्तर्गत पहाडी भेगको १ लाख २२ हजार हेक्टर जमिनमा पनि सिंचाई सुविधा पुग्ने बताइएको छ ।
२०७६ माघ ६ गते मन्त्रीपरिषदले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरि निर्माण अगाडी बढाएको थियो । सरकारको १५ औं पञ्चवर्षीय योजनामा समेत यसलाई रुपान्तरणकारी आयोजना भनिएको छ । 

सरकारले सुनकोशी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीलाई दिएको छ ।

यो कम्पनीले भेरी बवई डाइभर्सन परियोजनामा सुरुङ खन्ने काम सम्पन्न गरेको थियो ।  

निर्माण स्थलमा करिव ३ सय नेपाली कामदार सहित ७५ जना चिनियाँ कामदारको टोलिले काम गरिरहेको छ ।  

यी दुई सिंचाई आयोजनाको निर्माण सम्पन्न भएपछि अहिले भएका वागमती सिंचाई, मनुस्वारा सिंचाई आदीलाई जोडेर हेर्दा केही वर्ष पछी मधेशका सम्पूर्ण जमिनमा सिंचाइ सुविधा पुग्ने उपाध्यक्ष पौडेलको विश्वास छ । 

संभवत: कुनै एक प्रदेशमा राज्यले सिंचाईमा गर्न लागेको यो नै सबैभन्दा ठूलो लगानी भएको पनि उनको भनाई छ ।

कृषिमा आधारित र विपन्न वर्गमा पर्ने धेरै जनसंख्या रहेको मधेस प्रदेशमा यी आयोजनाको निर्माणले धेरै परिवर्तन ल्याउने पौडेलको विश्वास छ ।

कृषकको उत्पादमा वृद्धि हुनुकासाथै कृषि क्षेत्रमा नयाँ नयाँ अवसर सिर्जना हुने आयोजनाले जनाएको छ । 

यस्ता आयोजना सम्पन्न हुँदा स्थानिय स्तरमा आर्थिक गतिविधीमा बढोत्तरी हुने र समग्र आथिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

बहुउद्देश्यीय आयोजना भएकाले त्यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ  । 

आयोजनाबाट तराईमा सिंचाई सुविधासँगै ३१ मेगावाट विद्युत् पनि उत्पादन गर्ने योजना छ  । यसकालागि सिन्धुलीको खुर्कोट बजारदेखि करिब २ किलोमिटर माथितर्फ सुनकोसी नदीमा १५८ मिटर लामो ब्यारेज निर्माण गरिने छ  । उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोड्ने योजना रहेको छ ।

टीबीएम मेसिन ल्याउन ढिलाई

आयोजना स्थलमा अन्य काम सम्पन्न भई सुरुङ निर्माणको काम शुरु हुन बाँकी रहेको छ । सुरुङ निर्माणको जिम्मा पाएको कम्पनीले सुरुङ खन्न प्रयोग हुने टीबीएम (टनेल बोरिङ मेसिन) मेसिन ल्याउन ढिलाई गर्दा निर्माणमा ढिलाई भएको निर्देशक नेपालले जानकारी दिए ।

बवई डाईभर्सनमा प्रयोग गरिएको मेसिन सहित नयाँ मेसिन समेत प्रयोग गर्न लागिएकोले ढिलाई भएको आयोजनाको भनाई छ । 

निर्माण कम्पनीले अमेरिकी प्रविधिको मेसिन प्रयोग गर्ने तयारी गरेको छ । उक्त मेसिन नेपाल ल्याउनु भन्दा पहिले रुटको निरीक्षण गर्नुपर्ने भएकोले ढिलाई भएको नेपालले बताए । 

रुट निरीक्षणको लागि प्राविधिक टोलि भारतको कलकतासम्म पुगेर निरीक्षण गरिसकेको छ ।  

समयमै सम्पन्न हुनेमा भने संका

सिंचाई बिभागमा अर्थशास्त्रीको रुपमा १० वर्ष काम गरेका राकेश मिश्र यो परियोजना समयमै सम्पन् हुनेमा संका व्यक्त गर्छन् । उनका अनुसार सिंचाई आयोजनाहरुको व्यवस्थापन सबैभन्दा ठूलो समस्या हुने गरेको छ । 

अर्को ठूलो समस्या भनेको आयोजनाको लागि गरिएको डिज़ाइन नै  फेलियर हुने गरेको उनको अनुभव छ ।

नेपालको सिंचाई प्रणाली ठूला देखी साना सम्मले कागजमा देखाईएको ४० प्रतिशत भूमिमा पनि सिंचाई सुविधा दिन नसकेको उनको अनुभव छ । 

‘यस्तो अवस्थामा सहजै र समयमै सम्पन्न हुनेमा संका छ, मर्मत संभारको नाममा लागत १० गुणा सम्म बढ्ने गरेको छ।’ उनले भने।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।