काठमाडौं । काठमाडौंको गौशालामा ‘एनएचएल मल्टीस्पेसियाल्टी क्लिनिक’सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित एनएचएल यहि फागुन २२ गतेदेखि सञ्चालनमा आउने भएको हो ।
एनएचएल क्लिनक यूएस एफडीए र ईयूबाट स्विकृती प्राप्त अत्याधुनिक मेसिन सहितको ल्याब तथा पोलिक्लिनिक भएको कम्पनिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस पोलीक्लिनिकमा हरेक दिन २० भन्दा बढी विशेषज्ञ डाक्टर सहितको ओपीडी सेवा सञ्चालन हुने छ ।
मुटु रोग,सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्माेन रोग, स्त्री तथा प्रसुती र निःसन्तान सेवा, मृगौला रोग, मानसिक रोग, मुत्र तथा पत्थरी रोग, सामान्य शल्यक्रिया, नाक कान तथा घाँटी रोग, कलेजो रोग, छाला तथा यौन रोग, हाड जोर्नी सेवा, नशा रोग, आँखा जाँच सेवा, बाल रोग, छाती रोग, दन्त रोग सेवा, रेडियोलोजी, औषधि सेवा, खोप सेवा, बैदेशिक रोजगारमा जानेहरुको सम्पूर्ण स्वास्थ्य परिक्षण सेवा, होम सर्भिस लगायतका थुप्रै सेवाहरु यस पोलीक्लिनिकमा पाइनेछन् ।
नेपाल ल्याबहाउस संस्थागत रुपमै वरिष्ठ तथा ख्यातिप्राप्त रोगनिदान विज्ञहरुबाट व्यवस्थित छ । यस पोलीक्लिनिकले म्यामोग्राफी,डिजिटल एक्स-रे, (डीआर सिस्टम) अल्ट्रासाउन्ड र इको कार्डियोग्राफी लगायतका सेवाहरु प्रदान गरिने एनएचएलले बताएको छ ।
नेपाल ल्याब हाउसले अत्याधुनिक फार्मेशी सेवा, कुशल स्वस्थ्य स्याहार कर्मचारी मार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउने छ । घरदैलो नमुना सङ्कलन,प्रयोगशाला प्रतिवेदन प्रवहन र औषधी,शृङ्गार तथा पोषण आहार (न्युट्राक्युटिकल्स) को आपूर्ति लगायत सेवाहरु पनि दिनेछ ।
यस पोलीक्लिनिकमा कोभिड-१९ कालागि आरटी पी.सी.आर., एन्टिजेन र एण्टीबडी जाँचपनि सञ्चालन हुने छ ।
नेपाल ल्याब हाउसले अन्तराष्ट्रिय एजेन्सीहरु र विदेशहरुलाई विशिष्ट स्वास्थ्य स्याहार सेवा प्रदान गर्नुको साथै पदयात्रामा जाने, होटेलमा रहने र काम गर्ने, अन्य मुलुकमा अध्ययन तथा भ्रमणका लागि मुलुक बाहिर जाने मानिसहरुलाई समेत सेवा दिने छ ।
सरकारी तथा गैरसरकारी संस्था जस्तैः बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, शैक्षिक संस्था, निर्माण कम्पनी र जलशक्ती (हाइड्रोपावर) कम्पनीहरूलाई समेत संस्थापनात्मक स्वास्थ्य तथा निदानात्मक सेवाहरु समेत प्रदान गर्ने कम्पनीले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।