हिमालयन जनरल इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको साधारण सभा आज

Share News

फागुन ३०, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र नेशनल हाइड्रोपावर कम्पनीले आज (सोमवार) साधारण सभा बोलाएका छन् ।  

हिमालयन जनरल इन्स्योरेन्सले २८ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो । 

सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीले २५ औं वार्षिक साधारण सभा बिहान ११ बजे कामपा वडा नं १० विनायकनगर, नयाँ बानेश्वरमा गर्ने भएको छ । कम्पनीले सभा भर्चुअल माध्यमाबाट जानकारी दिएको छ । 

सभाले १८ दशलमव ५२ प्रतिशत बोनस शेयर र  शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले यस नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सुनकोशी हाइड्रो पावरको १०० कित्ता भएका शेयरधनीले प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनीको २५ कित्ता हुने गरी प्राप्ति हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।