चैत १, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत ६ गते बन्द गरेको छ । साथै बिहीवार सार्वजनिक बिदा र त्यसपछि शुक्रवार र शनिवार परेकाले बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत १७ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्याङक्वेंट थिरबम सडक बालुवाटारमा हुने कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।