फागुन २, काठमाडौं । गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।
गरिमा विकास बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत ४ गतेदेखि १८ गतेसम्म र एनएलजी इन्स्योरेन्सले चैत ६ गते बुक क्लोज गर्ने भएकाले बुधवारसम्म कायम शेयरधनीले दुवै कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
गरिमा विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले १५ औं वार्षिक साधारण सभा आगामी चैत १८ गते बोलाएको छ ।
कम्पनीले सभा कास्की जिल्लाको पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत १७ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटारमा हुने कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।