चैत २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ७९९ दशमलव शून्य ९ तोकेको छ । कम्पनीले बुधवार कायम अन्तिम शेयरमूल्य रू. ८७९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १७ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली, ब्याङक्वेट, थिरबम सडक बालुवाटारमा हुने कम्मपनीले जानकारी दिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।