चैत ८, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ४ लाख ७७ हजार ५२६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको छ । उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर विभागमा लिखित निवेदन सहित सम्पर्क गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।